सर्वसाधारणका लागि कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
१८ असोज, काठमाडौं । कुमारी बैंक लिमिटेडले १ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। बैंकका विभिन्न संस्थापक सेयरधनीहरूले आफ्नो नाममा कायम रहेको १ लाख कित्ता संस्थापक सेयरबिक्री गर्न बैंकसमक्ष निवेदन दिएपछि नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनबमोजिम उक्त सेयरबिक्री गर्न लागिएको बैंकले जनाएकाे छ ।
यसअघि बैंकले उक्त संस्थापक सेयर खरिद गर्न विद्यमान संस्थापक सेयरधनीहरूलाई पहिलो हक प्रदान गर्दै सूचना प्रकाशित गरेको थियो। तर, तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट साे सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेपछि अब संस्थापक सेयरधनीबाहेकका सर्वसाधारणबाट सेयर खरिदका लागि आवेदन माग गरिएको बैंकले जनाएको छ।

इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सेयररजिस्ट्रार कुमारी क्यापिटल लिमिटेड, काठमाडौं–१, नक्साल, नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय, काठमाडौं–१, टंगालमा आफैं उपस्थित भई आवेदन दिन सक्नेछन्। उक्त संस्थापक सेयरको बिक्री मूल्य बोलकबोलबाट कायम हुने बैंकले जनाएको छ।
प्रकाशित मिति : October 4, 2026 at 9:42 am






