सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
१६ असोज, काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । यस दिन सुन तोलामा एक हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला २५ रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला दुई लाख ९३ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

त्यस्तै, यस दिन चाँदी प्रतितोला चार हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला चार हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति : October 2, 2026 at 11:57 am






