१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १ लाख २ हजार ४८ कित्ता संस्थापक सेयर बिक्री गर्ने

१४ असोज, काठमाडौं। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । केही सेयरधनीले आफ्नो संस्थापक सेयर बिक्री गर्न स्वीकृतिका लागि कम्पनीमा निवेदन दिए बमोजिम कम्पनीले कुल १ लाख २ हजार ४८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

 नेपाल बीमा प्राधिकरणबाट जारी ‘संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०८०’ बमोजिम संस्थापक सेयर खरिद–बिक्री गर्दा विद्यमान संस्थापक सेयरधनीहरूलाई पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ। साथै, विद्यमान संस्थापक सेयरधनीहरूबीच खरिद–बिक्री हुन नसकेको अवस्थामा मात्र उक्त सेयरहरू निर्देशिकाबमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्नुपर्ने व्यवस्था रहेको छ।

सोही व्यवस्थाअनुसार कम्पनीका सम्पूर्ण संस्थापक सेयरधनीहरूको जानकारीका लागि उक्त सूचना प्रकाशित गरिएको कम्पनीले जनाएको छ। कम्पनीले इच्छुक संस्थापक सेयरधनीहरूलाई उक्त संस्थापक सेयर खरिद गर्न सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौंमा निवेदन पेस गर्न अनुरोध गरेको छ।

साथै, तोकिएको समयावधिभित्र साे साे सेयर खरिदका लागि कुनै पनि निवेदन प्राप्त नभएमा प्रचलित नियमानुसार अन्य व्यक्ति वा संस्थालाई उक्त सेयरहरू बिक्री गर्न आवश्यक प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : September 30, 2026 at 9:21 am