९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026

ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, सोमबारबाट कार्यभार सम्हाल्ने

९ असोज, काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक ईसेवाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा नियुक्त भएका छन् । ईसेवाको सञ्चालक समितिको बैठकले शर्मालाई कम्पनीको नयाँ सीईओका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो । शर्माले आगामी असोज १२ गतेदेखि ईसेवाको नेतृत्व सम्हाल्नेछन् ।

यसअघि ईसेवाको प्रमुख कार्यकारी अधिकृतका रूपमा जगदीश खड्का कार्यरत थिए । उनको कार्यकाल सकिएपछि शर्मालाई नयाँ सीईओ नियुक्त गरिएको हो । बैंकिङ क्षेत्रमा लामो अनुभव हासिल गरेका शर्मा यसअघि नबिल बैंकमा समेत लामो समय कार्यरत थिए । बैंकिङ क्षेत्रसँगै डिजिटल रूपान्तरण, नवप्रवर्तन तथा नयाँ प्रविधिको प्रयोगका क्षेत्रमा समेत उनले काम गरेको अनुभव छ ।

प्रकाशित मिति : September 25, 2026 at 5:08 pm