१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

सिटिजन्स बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

९ असोज, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकका संस्थापक शेयरधनी चन्द्र इन्भेष्टमेन्ट प्रालिले ६० हजार कित्ता सेयर बिक्री गर्न बैंकमा निवेदन दिएपछि बैंकले आफ्ना अन्य संस्थापक सेयरधनीलाई खरिदका लागि पहिलो प्राथमिकता दिंदै सेयर बिक्रीमा राखेको हो ।

इच्छुक संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नारायणहिटी पथमा निवेदन दिन सक्नेछन् । तोकिएको ३५ दिनभित्र संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेमा वा सेयर बिक्री हुन नसकेमा बैंकले प्रचलित नियमअनुसार अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ।

प्रकाशित मिति : September 25, 2026 at 10:09 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/