३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १ लाख ५१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

९ असोज, काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । बैंकको संस्थापक सेयरधनीले आफ्नो नामको सेयर बिक्री गर्न निवदेन दिएबमोजिम बैंकले १ लाख ५१ हजार ५३४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बैंकले विद्यमान संस्थापक सेयरधनीका लागि प्राथमिकतासहित उक्त सेयर खरिद गर्न इच्छुकलाई आवेदन दिन आग्रह गरेको छ। साविक समूह ‘क’ का कुनै संस्थापक सेयरधनीले सेयर खरिद गर्न चाहेमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकलाई लिखित जानकारी गराउनुपर्नेछ।

आवेदन दिँदा इच्छुक संस्थापक सेयरधनीले आफूले खरिद गर्न चाहेको सेयरको संख्या र त्यसका लागि तिर्न तयार रहेको रकमसमेत खुलाउनुपर्ने बैंकले जनाएको छ। इच्छुक संस्थापक सेयरधनीले बैंकको केन्द्रीय कार्यालय, दरबारमार्ग, काठमाडौंमा लिखित जानकारी गराउन सक्नेछन्।

प्रकाशित मिति : September 25, 2026 at 9:20 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/