सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
८ असोज, काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन तोलामा तीन हजार २०० रुपैयाँ र चाँदी तोलामा १६५ रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार १०० रुपैयाँ खरिदबिक्री भएको छ। बुधबार सुन प्रतितोला तीन लाख दुई हजार ३०० रुपैयाँ खरिदबिक्री भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला चार हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : September 24, 2026 at 11:31 am




