३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

भन्सार विभागले उठायो १ खर्ब २ अर्ब राजस्व, लक्ष्य भेट्न अझै ५ खर्ब २७ अर्ब बाँकी

७ असोज, काठमाडौं ।  चालु आर्थिक वर्ष २०८३/८४ का लागि भन्सार विभागको वार्षिक राजस्व लक्ष्य ६ खर्ब २८ अर्ब रहेकोमा असाेज ६ गतेसम्म १ खर्ब २ अर्ब राजस्व असुली भएको छ। चालु आर्थिक वर्षमा असुल गर्न बाँकी राजस्व ५ खर्ब २७ अर्ब रहेको छ।

तातोपानी भन्सार कार्यालय केही समयदेखि सञ्चालनमा नरहेको तथा भोटेकोशीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भई सञ्चालनमा नरहेको विषम परिस्थितिका बीच पनि सम्पूर्ण भन्सार प्रशासनको अथक प्रयासबाट भदौ ६ गतेसम्म १ खर्बभन्दा बढी राजस्व संकलन गर्न भन्सार विभाग सफल भएको छ। आगामी दिनमा भन्सार विभागको अर्जुनदृष्टि बाँकी ५ खर्ब २७ अर्ब राजस्व असुलीमा केन्द्रित रहने जनाएको छ ।

प्रकाशित मिति : September 23, 2026 at 4:53 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/