७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

दशैंमा बजाजको गेम अफ पावरः बाइक खरिदमा १ लाखसम्म पुरस्कारदेखि च्याम्पियनसँग भेट्ने मौका

७ असोज, काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि.ले दशैंलाई लक्षित गर्दै ‘बजाज गेम अफ पावर–खेल्ने हो?’ अभियान सार्वजनिक गरेको छ। अभियानअन्तर्गत बजाजका ग्राहक तथा मोटरसाइकलप्रेमीहरूले मोटरसाइकल खरिदसँगै पुरस्कार जित्ने, डिजिटल रेसमा सहभागी हुने तथा आफ्ना मनपर्ने च्याम्पियनसँग प्रत्यक्ष भेट गर्ने अवसर पाउने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार दशैंको अवसरमा बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकले १ लाख रुपैयाँसम्मको पुरस्कार जित्न सक्नेछन्। साथै स्मार्ट घडी, हस्ताक्षरित सामग्री तथा बजाजका विशेष उपहारसमेत जित्ने अवसर रहनेछ। अभियानको प्रमुख आकर्षणका रूपमा रविन्द्र ढाँट, सीआर७ होराआ (सन्जन गौतम) र दीपेन्द्रसिंह ऐरीसँग भेट्ने अवसर राखिएको छ। अभियानअन्तर्गत छनोट भएका विजेताले उनीहरूसँग प्रत्यक्ष भेटघाट गर्न पाउनेछन्।

 बजाजले अभियानलाई डिजिटल माध्यमसँग जोड्दै ‘पल्सर रेसिङ गेम’ समेत ल्याएको छ। यसमा सहभागीले आफूलाई मनपर्ने च्याम्पियनको पात्र छनोट गरी डिजिटल ट्र्याकमा रेस गर्न सक्नेछन्। सबैभन्दा कम समयमा रेस पूरा गर्ने तथा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीले हस्ताक्षरित टी–सर्ट, च्याम्पियनका सामग्री तथा बजाजका विशेष उपहार जित्न सक्ने कम्पनीले जनाएको छ।

युवापुस्तामा डिजिटल माध्यमको बढ्दो प्रयोगलाई ध्यानमा राख्दै अभियानमा विभिन्न सहभागितामूलक गतिविधि समेटिएको कम्पनीको भनाइ छ। यसले ग्राहक तथा युवालाई बजाज ब्रान्डसँग थप नजिक जोड्ने अपेक्षा कम्पनीले गरेको छ।

 अभियानअन्तर्गत ‘शो योर पावर’ च्यालेन्जसमेत सञ्चालन हुनेछ। यसमा राइडर तथा मोटरसाइकलप्रेमीहरूले आफ्नो शक्ति, फिटनेस र पल्सरप्रतिको लगावलाई सिर्जनात्मक शैलीमा प्रस्तुत गर्दै सहभागिता जनाउन सक्नेछन्।

उक्त च्यालेन्जबाट छनोट भएका विजेताले पनि च्याम्पियनहरूसँग भेट्ने अवसर पाउने कम्पनीले जनाएको छ। गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले दशैंको उत्साहलाई मोटरसाइकल खरिदसँगै नयाँ अनुभवसँग जोड्ने उद्देश्यले ‘गेम अफ पावर’ अभियान ल्याइएको बताए।

उनका अनुसार पुरस्कार, डिजिटल रेस तथा च्याम्पियनसँगको भेटघाटमार्फत ग्राहकलाई सक्रिय सहभागिताको अवसर दिने गरी अभियान डिजाइन गरिएको हो। कम्पनीले ‘बजाज गेम अफ पावर–खेल्ने हो?’ अभियानमार्फत यस वर्षको दशैंमा मोटरसाइकल खरिदलाई पुरस्कार, प्रतिस्पर्धा र विशेष अनुभवसँग जोडेर थप उत्साहपूर्ण बनाउने जनाएको छ।

प्रकाशित मिति : September 23, 2026 at 4:43 pm