७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

७ असोज, काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । यस दिन सुन तोलामा १०० रुपैयाँ र चाँदी तोलामा ४० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार ३०० रुपैयाँ खरिदबिक्री भएको छ। मंगलबार सुन प्रतितोला तीन लाख दुई हजार २०० रुपैयाँ खरिदबिक्री भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला चार हजार ७७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : September 23, 2026 at 11:08 am