लाभांश पारित गर्न कुमारी बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?
७ असोज, काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। असोज ६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले असोज २८ गते काठमाडौंमा रहेको सिल्भर ओक ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको २.१०५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।

साथै, सभामा गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८२/८३ को वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका विवरणहरुमाथि छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सहायक कम्पनी कुमारी क्यापिटल र केबीएल सेक्युरिटिजको वित्तीय विवरणहरु पारित गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ असोज १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै सभामा सहभागी हुन र लाभांश पाउन सक्नेछन् ।
प्रकाशित मिति : September 23, 2026 at 9:32 am




