१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

लाभांश प्रस्ताव पारित गर्न सिटिजन्स बैंकले बोलायो साधारण सभा

७ असोज, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। बैंकले असोज २८ गते अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौँमा २० औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ३.८ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

dainiki.com

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज १९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यसकाे अर्थ असोज १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै बैंकको साधारण सभामा सहभागि हुन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : September 23, 2026 at 9:20 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/