साउनमै वाणिज्य बैंकले कमाए ८ अर्ब ७३ करोड, कुन बैंकको कति ?
६ असाेज, काठमाडाैं । चालु आर्थिक बर्ष २०८३/८४ को साउनमा वाणिज्य बैंकहरुले ८ अर्ब बढी खुद नाफा आर्जन गरेका छन् । साउन महिनासम्म २० वाणिज्य बैंकले कुल ८ अर्ब ७३ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् । यो रकम गत आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा बैंकहरूले कमाएको ८ अर्ब ३८ करोड २९ लाख रुपैयाँको तुलनामा ४ दशमलव २३ प्रतिशतले बढी हो ।
धेरै नाफा कमाउनेमा नबिल बैंक पहिलो स्थानमा रहेको छ । बैंकले साउनसम्म ८८ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकको नाफा ७१ करोड ६४ लाख रुपैयाँ थियो ।
दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंक रहेकाे छ । बैंकले याे अवधिमा ८१ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष साउनमा बैंकको नाफा ७८ करोड ४५ लाख रुपैयाँ थियो ।नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ७३ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष बैंकले ६३ करोड ४२ लाख रुपैयाँ नाफा कमाएकाे थियाे ।
कुमारी बैंकले ५४ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष साउनमा बैंकको नाफा ४९ करोड २४ लाख रुपैयाँ थियो । राष्ट्रिय वाणिज्य बैंकले ५२ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको छ । प्राइम बैंकले ५२ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लक्ष्मी सनराइज बैंकले ४९ करोड ६७ लाख रुपैयाँ, एभरेष्ट बैंकले ४९ करोड २२ लाख रुपैयाँ र एनएमबी बैंकले ४७ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।
साथै,साउन महिनासम्म सिद्धार्थ बैंकले ४२ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको छ । कृषि विकास बैंकले ३८ करोड ८३ लाख रुपैयाँ, सानिमा बैंकले ३८ करोड २८ लाख रुपैयाँ र प्रभु बैंकले ३२ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । ,साउन महिनासम्म सबैभन्दा कम नाफा कमाउनेमा नेपाल एसबिआई बैंक रहेको छ । बैंकले साउनसम्म १७ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
प्रकाशित मिति : September 22, 2026 at 5:41 pm




