६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

टिसिएलले ल्यायो दसैँ-तिहार विशेष योजना : क्यासब्याक र आकर्षक उपहार

६ असोज, काठमाडौं । नेपालीहरूको महान् चाड दसैँ र तिहारलाई लक्षित गर्दै विश्वप्रसिद्ध इलेक्ट्रोनिक्स ब्रान्ड टिसिएल (टिसिएल) ले विशेष उत्सव योजना ‘सेलिब्रेट दसैँ एन्ड तिहार’ सार्वजनिक गरेको छ। ‘ग्रेट मोमेन्ट्स, मेगा क्यासब्याक एन्ड गिफ्ट्स!’ भन्ने सन्देशसहित ल्याइएको यस योजनाअन्तर्गत उपभोक्ताले टिसिएलका विभिन्न इलेक्ट्रोनिक्स तथा घरायसी उपकरण खरिदमा आकर्षक क्यासब्याक, उपहार र सहज खरिद सुविधाहरू प्राप्त गर्न सक्नेछन्।

यस विशेष योजनामा टिसिएलका टेलिभिजन, रेफ्रिजरेटर, वाशिङ मेसिन, वाटर डिस्पेन्सर, एयर कन्डिसनर तथा अन्य उपकरणहरू समावेश छन्। योजनाअन्तर्गत ८५ र ९८ इन्चका टेलिभिजन खरिदमा टिसिएल एस-५५-एच साउन्डबार, वाशिङ मेसिन खरिदमा ६ केजी सर्फ एक्सेल म्याटिक तथा रेफ्रिजरेटर खरिदमा सिजी इन्डक्सन कुकटप निःशुल्क प्रदान गरिनेछ। साथै, एयर कन्डिसनर खरिदमा निःशुल्क इन्स्टलेसन सुविधा उपलब्ध हुनेछ।

यसका अतिरिक्त, उपभोक्ताले रु. १ लाख ४२ हजार ५०० सम्मको क्यासब्याक तथा शून्य प्रतिशत ब्याजदरमा सहज इएमआई सुविधा पनि प्राप्त गर्न सक्नेछन्। टिसिएलले यस उत्सव योजनामार्फत उपभोक्तालाई आकर्षक बचतसँगै उपयोगी उपहार प्रदान गर्दै दसैँ र तिहारको खुसीलाई अझ विशेष बनाउने उद्देश्य राखेको छ।

नवीनतम प्रविधि र आधुनिक डिजाइनमा जोड दिँदै आएको टिसिएलले क्यिूडि-मिनी एलइडी प्रविधियुक्त ९८ इन्चसम्मका ठूला स्क्रिनका टेलिभिजनलगायत विभिन्न घरेलु उपकरणहरू उपलब्ध गराउँदै आएको छ। ‘इन्सपायर ग्रेटनेस’ भन्ने ब्रान्ड सन्देशअनुसार टिसिएलले उत्कृष्ट मनोरञ्जन अनुभव र दैनिक जीवनलाई सहज बनाउने प्रविधियुक्त उत्पादनहरूमा जोड दिँदै आएको छ।

चौधरी ग्रुपअन्तर्गतको सिजी इलेक्ट्रोनिक्स ले नेपालमा टिसिएलका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ। नेपालभरिका सिजी इलेक्ट्रोनिक्स का आधिकारिक डिलर नेटवर्क, शोरुम तथा सिजी डिजिटल प्लेटफर्ममार्फत यी उत्पादनहरू उपलब्ध छन्। उपभोक्ताले आफ्नो परिवारको आवश्यकता, घरको आकार र जीवनशैलीअनुसार विभिन्न मोडलहरू छनोट गर्न सक्नेछन्।

टिसिएलका क्यिूडि-मिनी एलइडी तथा क्यिूएलइडी टेलिभिजन, रेफ्रिजरेटर, वाशिङ मेसिन, एयर कन्डिसनर, वाटर डिस्पेन्सर, म्युजिक सिस्टम तथा भिडिएफ एयर कन्डिसनिङ सिस्टमलगायतका उत्पादनहरू नेपाली बजारमा उपलब्ध छन्। कम्पनीले आधुनिक प्रविधियुक्त तथा उपभोक्तामैत्री उत्पादनहरूमार्फत नेपाली ग्राहकहरूको आवश्यकता पूरा गर्दै आइरहेको छ। यो विशेष उत्सव योजना भदौ २६ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको छ।

प्रकाशित मिति : September 22, 2026 at 2:33 pm