६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

लाभांश प्रस्ताव पारित गर्न सिद्धार्थ बैंकले बोलायो साधारण सभा

६ असोज, काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेड ले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएका छ। बैंकले असोज २८ गते आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा २५ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ९ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै, सभाले अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीहरुलाई १३६ दिनकाे समानुपातिक रूपमा ८.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

dainiki.com

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज १६ गते, एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै बैंकको साधारण सभामा सहभागि हुन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : September 22, 2026 at 10:20 am