५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

सामसङले सार्वजनिक गर्‍यो ग्यालेक्सी एस२६ एफई, मूल्य कति ?

५ असोज, काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एस२६ सिरिज्मा नयाँ ग्यालेक्सी एस२६ एफई सार्वजनिक गरेको छ । वन यूआई ९ सहित बजारमा आउने ग्यालेक्सी एस२६ सिरिजको यो पहिलो स्मार्टफोन भएको कम्पनीले जनाएको छ । उच्चस्तरीय क्यामेरा र नयाँ ग्यालेक्सी एआई सुविधासहितको ग्यालेक्सी एस२६ एफईले दैनिक फोटो खिच्ने, क्रिएट गर्ने र कनेक्ट गर्ने अनुभवलाई थप सहज बनाउने कम्पनीको दाबी छ ।

पातलो र हल्का बनोटमा तयार गरिएको ग्यालेक्सी एस२६ एफईमा ग्राहकले बढी प्रयोग गर्ने सुविधालाई प्राथमिकता दिइएको सामसङले जनाएको छ । यसले ग्यालेक्सी एस सिरिजका विशेष सुविधालाई थप ग्राहकसम्म पुर्‍याउने कम्पनीको भनाइ छ ।

सामसङ नेपालका सिनियर डाइरेक्टर तथा हेड अफ एमएक्स, प्रमुख प्रणय रत्न स्थापितले ग्यालेक्सी एस२६ एफई दैनिक जीवनमा हरेक सुविधाले अर्थपूर्ण फरक पारोस् भन्ने कुरालाई ध्यानमा राखेर तयार गरिएको बताए । उनका अनुसार यसले ग्यालेक्सी एस सिरिजका विशेष सुविधालाई अझ धेरै ग्राहकसम्म पुर्‍याउनेछ ।

ग्यालेक्सी एस२६ एफईमा फोटो खिच्नेदेखि एडिट गर्नेसम्म अझ राम्रो क्यामेरा अनुभव प्रदान गर्छ। यसको सुधारिएको ट्रिपल रियर क्यामेरा र उन्नत इमेज प्रोसेसिंगले स्थिर तस्बिरदेखि छिटो दृश्यसम्म महत्वपूर्ण क्षणहरूलाई स्पष्ट रूपमा खिच्न र सजिलै एडिट गर्न मद्दत गर्छ ।

नयाँ ग्यालेक्सी फोल्ड गर्न मिल्ने फोनमा प्रस्तुत गरिएको माई फ्यानक्याम सुविधा पनि ग्यालेक्सी एस२६ एफईमा उपलब्ध छ । यसले छनोट गरिएको व्यक्तिलाई आफैं ट्र्याक गर्दै फ्रेमको बीचमा राख्छ र चलिरहेको सीन अनुसार भिडियोको फ्रेमलाई मिलाउँछ ।

भिडियो खिच्दा तेर्सो अवस्थालाई स्थिर राख्ने सुविधा सहितको सुपर स्टेडी प्रविधिले छिटो चलिरहेका गतिविधिको भिडियोलाई स्थिर र सीधा खिच्न सहयोग गर्नेछ । फोनमा थ्री एक्स अप्टिकल जूम पनि रहेको छ, जसले टाढाका दृश्य खिच्न सहज बनाउने कम्पनीको भनाइ छ ।

ग्यालेक्सी एस सिरिजको नाइटोग्राफी सुविधाले कम प्रकाश भएको अवस्थामा पनि उज्यालो र स्पष्ट तस्बिर खिच्न तथा कठिन प्रकाश अवस्थामासमेत तस्बिरका विवरण कायम राख्न सहयोग गर्ने बताइएको छ ।

वन यूआई ९ सहितको ग्यालेक्सी एस२६ एफईमा दैनिक कामलाई सहज बनाउने विभिन्न सहज तथा सन्दर्भअनुसार काम गर्ने ग्यालेक्सी एआई सुविधा समावेश गरिएको छ । यसले प्रयोगकर्ताको दैनिक दिनचर्याअनुसार आवश्यक जानकारी उपलब्ध गराउनुका साथै काम व्यवस्थित राख्न सहयोग गर्ने कम्पनीले जनाएको छ ।

ग्यालेक्सी एस२५ सिरिजमा प्रस्तुत गरिएको नाउ ब्रीफ सुविधालाई पनि ग्यालेक्सी एस२६ एफईमा थप व्यक्तिगत बनाइएको छ । प्रयोगकर्ताले मौसम तथा स्वास्थ्यसम्बन्धी जानकारीलगायत आफूलाई आवश्यक पर्ने संक्षिप्त जानकारी कार्ड छनोट गर्न सक्नेछन् । सामान्य निर्देशन प्रयोग गरेर आफ्नै कार्डसमेत बनाउन सकिने कम्पनीले जनाएको छ ।

ग्यालेक्सी एस२६ एफई (८/२५६ जीबी) को मूल्य १ लाख १९ हजार ९९९ रुपैयाँ तोकिएको छ । यो फोन पिस्ताचियो, ग्राफाइट र ब्लुबेरी गरी तीन रंगमा उपलब्ध हुनेछ । ग्राहकले १२ महिनाको समान मासिक किस्तामा मासिक ६ हजार रुपैयाँ तथा २४ महिनाको समान मासिक किस्तामा मासिक ३ हजार २५६ रुपैयाँबाट फोन खरिद गर्न सक्नेछन् ।

सामसङले ग्यालेक्सी एस२६ एफईको खरिदमा विभिन्न अफरसमेत सार्वजनिक गरेको छ । साटफेरअन्तर्गत ग्राहकले ८ हजार रुपैयाँसम्मको थप साटफेर बोनस पाउनेछन् । यसले अग्रिम भुक्तानीको रकम घटाउन सहयोग गर्ने कम्पनीले जनाएको छ ।

त्यस्तै, ग्राहकले १८ हजार ३५१ रुपैयाँ मूल्यको ६ महिनाको गुगल एआई प्रो सदस्यता निःशुल्क पाउनेछन् । २४ महिनाको समान मासिक किस्ता सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ, जसको मासिक किस्ता ३ हजार २५६ रुपैयाँबाट सुरु हुन्छ ।

प्रकाशित मिति : September 21, 2026 at 1:29 pm