सुनको मूल्य घट्यो, कति पुग्यो तोलाको ?
५ असोज, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। यसदिन सुन तोलामा एक हजार ३०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा १० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख तीन हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको छ। आइतबार सुन प्रतितोला तीन लाख पाँच हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला चार हजार ७९५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : September 21, 2026 at 11:37 am




