लाभांश पारित गर्न शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा
५ असोज, काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको वार्षिक साधारण सभा बाेलाएकाे छ । बैंककाे सञ्चालक समितिको बैठकले १८ औं बैठकले यही असोज २८ गते बुटवलमा रहेको होटल सेफ्रन सिकेमा बिहान साढे ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा गत आवका लागि प्रस्तावित ६ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
यस्तै, अन्य बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने र बैंकको प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

सभामा गत आवको सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, आव २०८२/८३ सम्मको वासलात र सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका संलग्न अनुसूचि उपर छलफल गरी पारित गर्ने र चालु आवको लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ असोज १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै लाभांश पाउन र सभामा सहभागी हुन सक्नेछन् ।
प्रकाशित मिति : September 21, 2026 at 9:19 am




