४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

४ असोज, कमठमाडाैं । नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ। यस दिन सुन तोलामा दुई हजार १०० रुपैयाँ र चाँदी तोलामा २० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख पाँच हजार २०० रुपैयाँ खरिदबिक्री भएको छ। गत शुक्रबार सुन प्रतितोला तीन लाख तीन हजार १०० रुपैयाँ खरिदबिक्री भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रवार चाँदी प्रतितोला चार हजार ७७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : September 20, 2026 at 11:01 am