१ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026

एनआईसी एशिया बैंकद्वारा ४ सामुदायिक विद्यालयलाई ल्यापटप, कम्प्युटर र प्रोजेक्टर प्रदान

१ असाेज, काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न जिल्लाका ४ सामुदायिक विद्यालयलाई ल्यापटप, कम्प्युटर र प्रोजेक्टर प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धनगढीमाई नगरपालिका–९ सिराहास्थित महावीर माध्यमिक विद्यालय चैनपुर, ठाकुरबाबा नगरपालिका–२, कर्मला, बर्दियास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, इटहरी उप–महानगरपालिका–१९, जब्दी सुनसरीस्थित पञ्चायत रजत जयन्ती आधारभूत विद्यालय र सुनवर्षी नगरपालिका–२, अमरदह, मोरङस्थित वीरेन्द्र सार्वजनिक विद्यालयलाई विद्यार्थीहरुको पठनपाठन अझ सहज र सरल बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यका साथ ल्यापटप, डेस्कटप कम्प्युटर र प्राजेक्टर उपलब्ध गराएको हो ।

हाल ६७२ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत महावीर माध्यमिक विद्यालय चैनपुरमा २०८३ भाद्र ३१ गते एक विशेष कार्यक्रमका बीच यस बैंकका लहान सर्कल हेड लेखराज पौडेल र लहान शाखा प्रमुख राजेश्वर शाहले संयुक्त रुपमा उक्त विद्यालयका प्रधानाध्यापक राम कुमार ठाकुरलाई एक थान डेस्कटप कम्प्युटर र एक थान प्रोजेक्टर हस्तान्तरण गरे ।

त्यसैगरी, २९३ भन्दा धेरै विद्यार्थीहरु रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई सोही मितिमा यस बैंकका मगरागढी शाखा प्रमुख महेन्द्र बहादुर शाहीले उक्त विद्यालयका प्रधानाध्यापक कलम बहादुर शाहीज्यूलाई एक थान ल्यापटप र दुई थान डेस्कटप कम्प्युटर हस्तान्तरण गरे । त्यस्तै, १६९ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत रहेको पञ्चायत रजत जयन्ती आधारभूत विद्यालयलाई पनि उक्त मितिमा यस बैंकका इटहरी सर्कल हेड विशाल घिमिरे र तरहरा शाखा प्रमुख सन्देश भण्डारीले संयुक्त रुपमा उक्त विद्यालयका प्रधानाध्यापक गोपीकृष्ण दंगाललाई दुई थान ल्यापटप र तीन थान डेस्कटप कम्प्युटर हस्तान्तरण गरे ।

हाल ११५७ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत वीरेन्द्र सार्वजनिक विद्यालयलाई २०८३ भाद्र ३० गते एक विशेष कार्यक्रमका बीच यस बैंकका दमक सर्कल हेड भुपेन्द्र पौडेलले उक्त विद्यालयका प्रधानाध्यापक धन बहादुर बस्नेतलाई दुई थान ल्यापटप र दुई थान डेस्कटप कम्प्युटर हस्तान्तरण गरे । बैंकले उक्त विद्यालयहरुलाई उपलब्ध गराएको सहयोगले विद्यार्थीहरुको पठनपाठनमा सहजता हुनुको साथै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रकाशित मिति : September 17, 2026 at 5:00 pm