सिद्धार्थ बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?
१ असोज, काठमाडाैं । सिद्धार्थ बैंक लिमिटेड ले लाभांश घोषणा गरेकाे छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । असोज १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) गरी कुल २० प्रतिशत लाभांश घोषणा गरेको हाे ।
साथै बैंकले अग्राधिकार सेयरका लागि ८.२५ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव समेत गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त लाभांश सेयरधनीहरुलाई वितरण गरिनेछ।
प्रकाशित मिति : September 17, 2026 at 10:40 am


