३१ भदौ २०८३, बुधबार | Wed Sep 16 2026

माछापुच्छ्रे बैंकको १ लाख ९३ हजार कित्ता सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?

३१ भदौ, काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै १ लाख ९३ हजार ३९८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

dainiki.com

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र माछापुच्छ्रे क्यापिटलको सेयर विभागमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाइ आवेदन दिनु पर्नेछ । साथै, निर्धारित समयभित्र उक्त सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : September 16, 2026 at 9:34 am