एनआईसी एशियाका ग्राहकलाई आईएमई हस्पिटालिटी अन्तर्गतका होटल तथा केवलकार सेवामा १० प्रतिशत छुट
३० भदाै, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र आईएमई हस्पिटालिटीबीच बैंकका ग्राहकहरूलाई विभिन्न स्थानमा रहेका होटल तथा केवलकार सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकको तर्फबाट ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख पुजन लाल अमात्य र आईएमई हस्पिटालिटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मण थापाले हस्ताक्षर गरे ।
यस समझदारी अनुसार ग्राहक महानुभावहरुले आईएमई हस्पिटालिटी अन्तर्गत विभिन्न ठाउँमा सञ्चालनमा रहेका होटल तथा केवलकारहरुमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन् । ग्राहकहरुले इला होटल्स एण्ड रिसोर्ट, मौलाकालिका, इला कम्फोर्ट, बाग्लुङ्ग, इला कम्फोर्ट, हर्कपुर र सेक एण्ड फेङ्ग रेष्टुरेन्ट, लाजिम्पाटमा उक्त सुविधा प्राप्त गर्न सक्नेछन ।
त्यसैगरी, मौलाकालिका केवलकार र लुम्बिनी केवलकारमा सेवा लिँदा पनि उक्त सुविधाको उपयोग गर्न सक्नेछन । यी सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ्ग सेवा (मोबैंक), डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोग गरी उक्त छुट सुविधा प्राप्त गर्न सक्नेछन् ।
आईएमई हस्पिटालिटीसँगको यस सहकार्यले ग्राहकहरुलाई विभिन्न ठाउँमा रहेका होटल तथा केवल कारहरुमा छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
प्रकाशित मिति : September 15, 2026 at 5:54 pm


