३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

आइतबारको बिदा कटौती गर्न राप्रपा सांसदको माग

३० भदाै, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले आइतबारको बिदा कटौती गर्न माग गरेका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद भाटले आइतबारको बिदाले सार्वजनिक सेवा प्रवाहमा असर परेको भन्दै यस्तो माग गरेका हुन्।

dainiki.com

सांसद भाटले आइतबारको बिदा आवश्यक नभएको जिकिर गर्दै यसलाई कटौती गरेर पहिलाकै व्यवस्था (शुक्रबार आधा र शनिबार पूर्ण बिदा) कायम गर्न सरकारसँग आग्रह गरे। ‘आइतबारको बिदा कसैलाई पनि चाहिएको छैन। न सरकारी कर्मचारीलाई यो आवश्यक छ, न त विद्यालय वा शिक्षा क्षेत्रलाई नै,’ उनले भने।

उनले आइतबारको बिदाका कारण आम नागरिकले साताभर सेवा लिन कठिनाइ भोग्नुपरेको र विकास निर्माण तथा प्रशासनिक कार्यमा समेत ढिलाइ भएको उल्लेख गरे।

प्रकाशित मिति : September 15, 2026 at 3:00 pm