३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

एनएमबि बैंकको २४ हजार कित्ता सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?

३० भदौ, काठमाडाैं । एनएमबि बैंकले २४ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आफ्नो संस्थापक सेयरधनी कमल सिं भाटको नाममा रहेको २४ हजार १५५ कित्ता संस्थापक सेयर बिक्रीमा राखको हो ।

 बैंकले उक्त सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिनुपर्ने व्यवस्था अनुसार संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने गरि बिक्रीमा राखेको हो । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजातसहित बैंकको कम्पनी सचिवको कार्यालय, बबरमहल, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको अवधिभित्र उक्त सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीबाट कुनै निवेदन प्राप्त भएमा प्रचलित नियमअनुसार अन्य व्यक्ति वा संस्थालाई संस्थापक सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

प्रकाशित मिति : September 15, 2026 at 11:24 am