३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

३० भदाै, काठमाडाैं ।  नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ९०० रुपैयाँले घटेकाे हाे  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात् भदौ २९ गते सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो।

dainiki.com

आज चाँदीको मूल्य पनि घटेको छ।  चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला चार हजार ६०० रुपैयाँमा कारोबार भइरहेको हो । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ६२० रुपैयाँ रहेको थियो।

प्रकाशित मिति : September 15, 2026 at 11:13 am