सिटिजन्स बैंकले ल्यायो ५.९९ प्रतिशत स्थिर ब्याजदरमा घर र सवारी कर्जा योजना
२४ भदाै, काठमाडौं । सिटिजन्स बैंकले ५.९९ प्रतिशत स्थिर ब्याजदर घर र गाडी किन्ने कर्जा दिने भएको छ । बैंकले ‘सजिलो घर कर्जा’ र ‘सवारीसाधन कर्जा’ योजना सार्वजनिक गर्दै ५.९९ प्रतिशतको स्थिर ब्याजरमा नै उक्त कर्जा दिने घोषणा गरेको हो ।
‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने नाराका साथ बैंकले घर कर्जामा ५ वर्षका लागि ५.९९ प्रतिशत स्थिर ब्याजदर कायम गरेको छ । त्यसैगरी, व्यक्तिगत सवारीसाधन कर्जामा ३ वर्षका लागि ५.९९ प्रतिशत प्रतिवर्ष स्थिर ब्याजदरमा कर्जा दिने बैंकले जनाएको छ ।

यस योजना अन्तर्गत तोकिएको स्थिर अवधि घर कर्जामा ५ वर्ष र सवारी कर्जामा ३ वर्ष समाप्त भएपछि भने बैंकको प्रचलित औसत मासिक आधार दरमा १.५ प्रतिशत प्रिमियम थप गरी नयाँ ब्याजदर कायम हुने बैंकले जनाएको छ । यस कर्जा योजनाबाट लाभ लिन इच्छुक ग्राहकहरूले देशभर रहेका बैंकका कुनै पनि शाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन्। ‘बैंक अफ द इयर २०२४’ र ‘२०२५’ उपाधि विजेता सिटिजन्स बैंकले यसअघि नै नेपालमै पहिलो पटक फोनपेसँगको सहकार्यमा भर्चुअल ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याइसकेको छ ।
त्यसैगरी, बैंकले युवाहरूलाई लक्षित गरी ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’, एकीकृत अनलाइन प्लेटफर्म ‘सिटिजन्स डिजी बैंक सेवा’ र फ्रिलान्सरहरूका लागि विशेष ‘फ्रिलान्सर सेविङ अकाउन्ट’ सञ्चालन गरिरहेको छ । बैंकले मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर लिने सुविधा तथा अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिने ‘क्रस बैंक टेलर’ जस्ता नवीनतम प्रविधिमैत्री सेवाहरू प्रदान गर्दै आएको छ ।
प्रकाशित मिति : September 9, 2026 at 4:04 pm


