२४ भदौ २०८३, बुधबार | Wed Sep 9 2026

एडिलेडमा तीजको दिन ‘पूजा´ सहित कार्यक्रम हुदै, रसुवा बाढी पिडितलाई सहयोग समेत गर्दै

एडिलेड ।  नेपाली हिन्दु महिलाहरूको पर्व हरितालिका तीजको अवसरमा एडिलेड नेपाली समाजले पूजा सहितको कार्यक्रम आयोजना गरिने भएको छ ।

भाद्र शुक्ल तृतिया अर्थात सेप्टेम्बर १४ तारिख सोमबार दिउँसो ३ बजेबाट सुरु हुने उक्त कार्यक्रममा पण्डितद्वारा सामूहिक पूजा सहित परम्परालाई निरन्तरता दिने एडिलेड नेपाली समाजका सचिव प्रदिप निरौलाले  बताउनु भयो ।

तिजका दिनमा शिव मन्दिरमा गएर पुजा गर्ने परम्परा रहेकोमा त्यसलाई पुरा गर्न एडिलेड नेपाली समाजले केहि बर्ष बाट जग्गे स्थापना गरि सामुहिक पुजा तथा नाच गान शुरु गरेको उहाले बताउनुभयो।

समाज उपाध्यक्ष लक्ष्मी सापकोटाको अष्ट्रेलियामा हुर्किँदै गरेको नयाँ पुस्तालाई  पनि कार्यक्रममा सहभागी गराएर अष्ट्रेलियामा हुर्किँदै गरेको नयाँ पुस्तालाई पनि हाम्रो कला संस्कृतिका बारेमा बुझ्न थप सहयोग मिल्ने उनको भनाइ रहेको छ ।

कार्यक्रममा स्थानिय कोसग्रोभ हल, क्लोभेली पार्कमा हुने भएको छ ।

सचिव निरौलाले समाजले विषम परिस्थितिका बीच पनि धार्मिक, सांस्कृतिक पर्व तथा परम्पराहरूको निरन्तरतासँगै अष्ट्रेलियामा हुर्कंदै गरेका नयाँ पुस्तालाई यी परम्परा र संस्कृतिको हस्तान्तरण गर्नु पनि सबैको दायित्व भए समेत भएकाले पुजा सहित कार्यक्रम गर्ने र सोहि कार्यक्रम  राफल चिठ्ठा आयोजना गरी संकलित रकम नेपालको प्रधानमन्त्री राहत कोषमा पठाउने बताउनुभयो ।

प्रकाशित मिति : September 9, 2026 at 11:18 am