२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

लाभांश प्रस्ताव पारित गर्न ग्लोबल आइएमई बैंकले बोलायो साधारण सभा

२३ भदाै, काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। बैंकले असोज १६ गते नेपाल पुलिस क्लब, भृकुटीपमण्डप, काठमाडौँमा २० औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ९ बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस सेयर र ६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

dainiki.com

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज ५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यसकाे अर्थ असोज २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागि हुन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : September 8, 2026 at 9:10 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/