नबिल बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?
२२ भदाै, काठमाडाैं । नबिल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंकले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश रहेको छ। साथै, बैंकले अग्राधिकार सेयरतर्फ ८ प्रतिशत लाभांश दिने प्रस्ताव समेत गरेको छ। बैंकले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरूमा वितरण गरिनेछ।
प्रकाशित मिति : September 7, 2026 at 9:37 am


