२१ भदौ २०८३, आइतबार | Sun Sep 6 2026

गाउँपालिका अध्यक्ष र इन्स्पेक्टरसहित ७ जना क्यासिनोबाट पक्राउ

२१ भदौ, काठमाडौं । क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा सखुवाप्रसौनी गाउँपालिका अध्यक्षदेखि नेपाल प्रहरीका इन्स्पेक्टरसम्म पक्राउ परेका छन् । नेपाल प्रहरीका इन्स्पेक्टरदेखि गाउँपालिका अध्यक्षसहित ८ जना क्यासिनोबाट पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय पोखरिया, पर्साबाट नेपाल प्रहरीका इन्स्पेक्टर प्रदीप पौडेल र सखुवाप्रसौनी गाउँपालिकका अध्यक्ष ३६ वर्षीय जसवन्त यादवसहित ८ जना क्यासिनोबाट पक्राउ परेका हुन् ।

dainiki.com

वीरगञ्ज १४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि नामको क्यासिनोमा उनीहरु प्रवेश गरी जुवा खेलेको आरोप छ । पक्राउ पर्नेहरुमा इन्स्पेक्टर पौडेलसहित पर्साको सखुवाप्रसौनी गाउँपालिका–६ का ३६ वर्षीय जसवन्त यादव, सोही ठाउँका ३० वर्षीय चन्दन सहनी, वीरगञ्ज महानगरपालिका–११ का ३९ वर्षीय ओम प्रकाश बैठा छन् ।

त्यसैगरी नेपालीहरुलाई क्यासिनोमा प्रवेश गराउने क्यासिनोका कर्मचारीहरु वीरुगञ्ज–१४ का २८ वर्षीय विजय कुमार पटेल, वीरगञ्ज–२५ का ३१ वर्षीय दिनेश कुमार पटेल, महोत्तरी पिपरा गाउँपालिका–५ का ४९ वर्षीय जयदेव साह र वीरुगञ्ज–१२ का ५० वर्षीय प्रदेशी साह छन् ।

प्रकाशित मिति : September 6, 2026 at 11:00 am