२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

सानिमा बैंकले बोलायो साधारणसभा, लाभांशसहित यी प्रस्ताव पारित हुने

१९ भदौ, काठमाडौं । सानिमा बैंक लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ। भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले असोज १२ गते सोमबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजे २२औं वार्षिक साधारणसभा बोलाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले अग्राधिकार सेयरधनीलाई सेयर बाँडफाँड भएको मितिदेखि आर्थिक वर्षको अन्त्यसम्मको अवधिका आधारमा समानुपातिक रूपमा करसहित ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज १ गते एक दिनका लागि बु क्लोज गर्ने भएको छ। यसकाे अर्थ भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले मात्रै उक्त साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : September 4, 2026 at 10:28 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/