१८ भदौ २०८३, बिहिबार | Thu Sep 3 2026

सर्वसाधारणका लागि एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा

१८ भदौ, काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै आजदेखि २४ हजार ३१२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । उक्त सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बबरमहलमा रहेको कम्पनी सचिवको कार्यालयमा आवेदन दिनु पर्नेछ ।

dainiki.com

यसअघि बैंकले गत असार ३० गते ३५ दिने सूचना प्रकाशित गरी बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको थियो । तर सो समयमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुबाट कुनै आवेदन नआएका कारण सर्वसाधारणका लागि बिक्री गर्न लागिएको बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : September 3, 2026 at 9:42 am