सिटिजन्स बैंकको ‘एक्सेलेरेटिङ कमर्सियल मोमेन्टम’ कार्यक्रम कोशी प्रदेशमा सम्पन्न
१७ भदौ, काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोशी प्रदेशमा व्यावसायिक विस्तार, सम्पत्तिको गुणस्तर सुधार तथा केन्द्र र प्रदेशबीचको सहकार्य सुदृढ गर्ने उद्देश्यले ‘एक्सेलेरेटिङ कमर्सियल मोमेन्टमः बिजनेस एक्सपान्सन एन्ड एसेट क्वालिटी इन्हान्समेन्ट इन कोशी प्रदेश’ कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा बैंकका प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारी, प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृतलगायत वरिष्ठ कार्यकारीको उपस्थिति थियो।
उक्त कार्यक्रममा गत आर्थिक वर्षको कार्यप्रगतिको समीक्षा गर्नुका साथै चालु आर्थिक वर्षको बजेट, रणनीतिक कार्ययोजना र प्राथमिकताबारे छलफल गरिएको बैंकले जनाएको छ। त्यस क्रममा बैंकको केन्द्रीय कार्यालय र प्रदेशअन्तर्गतका कार्यालयबीच सहकार्य थप सुदृढ बनाउने विषयमा गहन अन्तरक्रिया भएको थियो।
कोशी प्रदेशका १० जिल्लामा सिटिजन्स बैंकका २८ वटा शाखा कार्यालय सञ्चालनमा छन्। यसअघि बैंकले २०८३ साउन २२ गते बागमती प्रदेशमा ‘लिडिङ फ्रम द फ्रन्टः स्ट्राटेजिक ग्रोथ इम्पेरेटिभ्स फर बागमती प्रदेश’ कार्यक्रम सम्पन्न गरेको थियो। उक्त कार्यक्रममा बागमती प्रदेशका ११ जिल्लामा रहेका ५६ शाखाका प्रबन्धक, प्रदेश प्रमुख तथा बैंकका उच्चपदस्थ अधिकारी सहभागी थिए।

सोही कार्यक्रमको निरन्तरतास्वरूप कोशी प्रदेशमा सेमिनार आयोजना गरिएको बैंकले जनाएको छ। अन्य प्रदेशमा पनि क्रमशः यस्तै कार्यक्रम आयोजना गरिने बैंकको भनाइ छ। बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कर्जा प्रवाह १.२४ प्रतिशतले वृद्धि भएर एक खर्ब ७७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी निक्षेप संकलन ९.२२ प्रतिशतले वृद्धि भई दुई खर्ब ३३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ। सो अवधिमा बैंकको खुद नाफा ६३.०५ प्रतिशतले बढेर दुई अर्ब नौ करोड ८६ लाख रुपैयाँ पुगेको छ।
‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ को उपाधि प्राप्त गरेको बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नामक भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको जनाएको छ। बैंकले नवयुवालाई लक्षित गरी ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ तथा ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म पनि सञ्चालनमा ल्याएको छ। फ्रिलान्सरलाई लक्षित गर्दै ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ नामक बचत खाता पनि सुरु गरिएको बैंकले जनाएको छ।
त्यस्तै, मोबाइल बैंकिङ एपबाटै सेयर आवेदन दिन र सीआरएन नम्बरसम्बन्धी सेवा लिन सकिने सुविधा उपलब्ध गराइएको छ। बैंकले ‘क्रस बैंक टेलर’ सुविधासमेत सञ्चालनमा ल्याएको छ, जसअन्तर्गत अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखामा टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्छन्।
सिटिजन्स बैंकले देशका ६१ जिल्लामा रहेका दुई सय शाखा, १६९ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ एकाइमार्फत २० लाख ६२ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।
प्रकाशित मिति : September 2, 2026 at 4:51 pm


