२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

बाढीपीडितको उद्धार र राहतका लागि प्रभु बैंकको २ करोड ११ लाख ११ हजार सहयोग

१७ भदौ, काठमाडाैं । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरुको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

गत भादाै १० गते बिहान रसुवा जिल्ला भएर बग्ने भोटेकोशी नदीमा अचानक आएको विनाशकारी बाढीले निम्त्याएकाे विपदको यस दुःखद् घडीमा पीडित एवम् प्रभावित परीवारहरुका लागि सहायता स्वरुप तथा पिडितहरुको खोजतलास, उद्धार र राहत कार्यमा सहयोग पुगोस् भन्ने उद्धेश्यले सरकारलाई प्रभु बैंकका तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै उक्त रकम सहयाेग गरिएकाे हाे।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने २ कराेड ११ लाख ११ हजार १११ रुपैयाँ बराबरकाे चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे।उक्त कार्यक्रममा बैंकको तर्फबाट अध्यक्ष किशोर जंङ्ग कार्की, संचालक राजु पौडेल तथा संचालक डा. अम्बिका शर्मा लामिछानेको पनि उपस्थिति रहेको थियो ।

अकल्पनीय विपद्का कारण ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकहरुप्रति प्रभु बैंक परिवार हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकाे छ । साथै सम्पर्क विहिन र घाइतेहरुको उद्धार तथा शीघ्र उपचारको कामना गर्दै प्रभावित समुदायप्रति बैंकले गहिरो समवेदना व्यक्त गरेकाे छ ।

प्रकाशित मिति : September 2, 2026 at 10:27 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/