१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

लुम्बिनी विकास बैंकको साढे १ लाख कित्ता बढी सेयर बिक्रीमा, क-कसले किन्न पाउँछन् ?

१७ भदौ, काठमाडौं। लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको साढे १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ५१ हजार ५८५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

dainiki.com

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवेदन दिनु पर्नेछ । लगानीकर्ताले डिल्लीबजारमा रहेको बैंकको मुख्य कार्यालयमा लिखित आवेदन दिनु पर्नेछ । निर्धारित समयभित्र कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीका लागि सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : September 2, 2026 at 9:25 am