१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २० अर्ब निक्षेप उठाउँदै

१५ भदाै, काठमाडाैं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप २० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ। केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले आइतबार २० अर्ब रुपैयाँ बराबरको ३ महिने निक्षेप संकलन उपकरण बोलकबोलमार्फत जारी गर्न लागेको हो। यस उपकरणको अवधि ८६ दिन रहनेछ।

 राष्ट्र बैंकले आज सूचना जारी गर्दै ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाबाट निक्षेप संकलन गर्न लागेको जनाएको छ। बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम (ओबीएसएस) मार्फत हुनेछ।

dainiki.com

यसको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ। बोलकबोलमा सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि बढीमा १० करोड रुपैयाँका दरले रकमका लागि आवेदन दिन सक्नेछन्। आवश्यकताअनुसार आह्वान गरिएको कुल रकमसम्म बोलकबोल गर्न सकिनेछ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदरमा बोलकबोल गर्नुपर्नेछ। समान ब्याजदर उल्लेख भएका बोलमध्ये कुल निष्काशित रकमभन्दा बढी माग भएमा प्रो–राटा आधारमा बाँडफाँड गरिनेछ। निक्षेप संकलनका लागि अन्य बैंक तथा वित्तीय संस्थामा रहेको धितोलाई समेत प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। साथै, बोल स्वीकृत भएका संस्थाको खाताबाट रकम कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा निक्षेप जम्मा गरिनेछ। निक्षेप संकलन उपकरणको रकम तथा निर्धारित ब्याज भुक्तानी मितिमा सम्बन्धित बैंकको राष्ट्र बैंकस्थित खातामा जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : August 31, 2026 at 11:58 am