सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?
१५ भदौ, काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा २ हजार ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख छ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि चाँदीको मूल्य प्रतितोला ४ हजार ७८० रुपैयाँ नै थियो।
प्रकाशित मिति : August 31, 2026 at 11:09 am



