प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ४ करोड १ लाख सहयोग
१४ भदौ, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
बैंकले प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लामा मानवीय तथा भौतिक क्षति हुनुका साथै नागरिकको दैनिक जीवन प्रभावित भइरहेको अवस्थालाई ध्यानमा राख्दै उक्त सहयोग गरेको जनाएको छ ।

बैंकका अनुसार विपद्को कठिन घडीमा प्रभावित नागरिकसँग साथमा रहँदै खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सरकार र सम्बन्धित निकायलाई सहयोग पुर्याउने उद्देश्यले कोषमा रकम उपलब्ध गराइएको हो । एनआईएमबीले बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । साथै सम्पर्कविहीन व्यक्तिहरूको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
प्रकाशित मिति : August 30, 2026 at 12:10 pm



