राहत कोषमा पैसा हालेको भनी नक्कली भौचर पोष्ट गर्ने भगवान कार्की पक्राउ
१४ भदौ, काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको भनी नक्कली क्यूआर कोड र स्टेटमेन्ट सामाजिक सञ्जालमा पोष्ट गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका-२ ठोसका ३२ वर्षीय भगवान कार्की रहेका छन् ।

उनले भोटेकोशी बाढी प्रभावितका लागि खडा गरिएको कोषमा आफूले १ लाख २० हजार रूपैयाँ सहयोग गरेको भनी च्याटजिपिटीबाट नक्कली भौचर खडा गरेको पाइएको छ ।

प्रकाशित मिति : August 30, 2026 at 10:44 am



