२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

विपद् प्रभावित क्षेत्रमा बैंकिङ सेवा निरन्तर राख्न राष्ट्र बैंकको निर्देशन

१४ भदाै, काठमाडाैं । नेपाल राष्ट्र बैंकले हालै रसुवालगायत विभिन्न स्थानमा आएको प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रमा बैंकिङ सेवा अविलम्ब सुचारु गर्न बैंक तथा वित्तीय संस्थालाई आवश्यक सहजीकरण गर्ने जनाएको छ। राष्ट्र बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा प्राकृतिक विपद्का कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सम्पर्कविहीन भएका सर्वसाधारण, बैंक तथा वित्तीय संस्थाका कर्मचारी तथा तिनका परिवारजनप्रति सहानुभूति प्रकट गरिएको छ।

dainiki.com

विपद् प्रभावित क्षेत्रमा बैंकिङ तथा भुक्तानी सेवाको निरन्तरता सुनिश्चित गर्न विद्युतीय माध्यमलगायत वैकल्पिक स्थानबाट बैंकिङ सेवा सञ्चालन गर्न आवश्यक सहजीकरण गरिएको राष्ट्र बैंकले जनाएको छ। साथै, विपद्बाट प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक वित्तीय स्रोत परिचालन गर्न बैंक तथा वित्तीय संस्थालाई प्रोत्साहन गरिएको छ।

राष्ट्र बैंकले विपद्को कठिन परिस्थितिमा ग्राहक, कर्मचारी तथा समुदायको सुरक्षा र हितलाई प्राथमिकतामा राख्दै प्रभावित क्षेत्रमा बैंकिङ सेवा निरन्तर उपलब्ध गराउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।

प्रकाशित मिति : August 30, 2026 at 9:18 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/