रसुवा बाढीले एनआईसी एशिया बैंकको तीन शाखा कार्यालय पूर्णरूपमा क्षति, सबै कर्मचारी सुरक्षित
१२ भदाै, काठमाडौं । भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भएको ठूलो जनधनको क्षतिका कारण एन आई सी एशिया बैंकका तीन शाखा कार्यालयहरु पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।
साथै प्रभावित क्षेत्रमा कार्यरत सबै कर्मचारीहरू हाल सुरक्षित स्थानमा रहेको र आवश्यक परेमा कर्मचारीहरू र परिवारका सदस्य सहितलाई हेलिकोप्टर मार्फत स्थानान्तरणको तयारी अवस्थामा बैंक रहेको जनाएको छ ।
बाढीका कारण यस बैंकको रसुवा जिल्लास्थित स्याफ्रुबेशी शाखा र नुवाकोट जिल्लास्थित बेत्रावती शाखा कार्यालय रहेको भवन बाढीले बगाएको छ भने त्रिशुली शाखा कार्यालय पूर्णरुपमा क्षतिग्रस्त भइ माटोले पुरिएको अवस्थामा रहेको छ । उक्त शाखा कार्यालयहरू पूर्णरुपमा क्षति भएकाले अर्को व्यवस्था नभएसम्मको लागि बन्द रहने बैंकले जनाएको छ ।
प्रकाशित मिति : August 28, 2026 at 2:40 pm



