२ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026

हिमालयन रि इन्स्योरेन्सकी सिइओ उपासना पौडेल पक्राउ

११ भदौ, काठमाडौँ । हिमालयन रि इन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत ९सिइओ० उपासना पौडेल पक्राउ परेकी छन्।

पौडेललाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बिहीबार पक्राउ गरेको हो। पौडेललाई काठमाडौँ जिल्ला अदालतबाट पक्राउ गरिएको हो।

नेपाल बीमा प्राधिकरणले गरेको ट्रस्ट इन्स्योरन्स ब्रोकरमा निरीक्षण गरी प्रतिवेदन दिएको थियो। उक्त प्रतिवेदन अनुसार पौडेलले बीमा ऐन २०७९ अनुसार कसुर गरेको आरोप छ।

उनिमाथि बीमालेख जारी गर्दा बीमा गरिएको सम्पत्ति तथा दायित्वको क्षति मूल्यांकन गर्दा बीमा दाबी भुक्तानी गर्दा वा बीमा व्यवसाय सञ्चालनको क्रममा अनियमितता गरेको वा आर्थिक दुरूपयोग गरेको आरोप छ।

प्रकाशित मिति : August 27, 2026 at 9:21 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/