११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

एभरेष्ट बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

११ भदाै, काठमाडौं । एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ। भदौ ११ गते बसेको बैंक सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो। नगद लाभांशमा बोनस सेयरबापत लाग्ने करसमेत समावेश छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले पाउनेछन्।

प्रकाशित मिति : August 27, 2026 at 5:12 pm