१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

आईफोन किन्ने ग्राहकलाई नबिल बैंकको विशेष अफर, शून्य ब्याजमा किस्ता सुविधा

१० भदौ, काठमाडौं । नबिल बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताका लागि शुन्य प्रतिशत ब्याजदरमा आईफोन खरिद गर्न सकिने ‘बाइ नाउ पे लेटर’ योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार ग्राहकले ‘एन बैंक मार्केटप्लेस’ मार्फत अनलाइन आवेदन दिई आफूले चाहेको आईफोन किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् ।

 योजनाअन्तर्गत ग्राहकले नबिलको ‘एन बैंक मार्केटप्लेस’ प्रयोग गरेर आफूलाई आवश्यक आईफोन मोडल रोजी किस्तामा खरिदका लागि आवेदन दिन सक्नेछन् । बैंकका अनुसार भुक्तानीका क्रममा नबिल क्रेडिट कार्ड प्रयोग गर्दा किस्ताको रकममा ब्याज थपिने छैन ।

यो सुविधा लिन ग्राहकले ‘एन बैंक’ एप खोलेर ‘एन बैंक मार्केटप्लेस’ मा प्रवेश गर्नुपर्नेछ । त्यहाँ उपलब्ध ‘बाइ नाउ पे लेटर’ सेवा छनोट गरेपछि मोबाइल नम्बर र खाता नम्बर प्रमाणीकरण गर्नुपर्नेछ । प्रमाणीकरणपछि मोबाइलमा प्राप्त ओटीपी राखी नबिल क्रेडिट कार्ड चयन गर्नुपर्ने बैंकले जनाएको छ । त्यसपछि ग्राहकले आईफोन खरिद गर्ने बिक्री केन्द्र तथा आफ्नो रोजाइको मोडल छान्नुपर्नेछ । आवश्यक विवरण पूरा गरी अन्तिम चरणमा पिन नम्बर प्रविष्ट गरेपछि आवेदन प्रक्रिया सम्पन्न हुने बैंकले जनाएको छ ।

प्रकाशित मिति : August 26, 2026 at 1:02 pm