नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको आकर्षक गाडी कर्जा योजना, ५.१३ प्रतिशत ब्याजदरमै कर्जा
९ भदाै, काठमाडाैं। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकहरूलाई लक्षित गरी वार्षिक ५.१३ प्रतिशत ब्याजदरमा आकर्षक गाडी कर्जा योजना सार्वजनिक गरेको छ । ग्राहकको सवारीसाधन खरिदलाई सहज, सरल र छिटो बनाउने उद्देश्यले ल्याइएको यस योजनामा प्रोसेसिङ शुल्क ०.५ प्रतिशत मात्र कायम गरिएको बैंकले जनाएको छ ।

यस योजना अन्तर्गत आवश्यक कागजात तथा कर्जा प्रक्रियासम्बन्धी सम्पूर्ण आवश्यकताहरु पूरा भएको अवस्थामा ३ कार्यदिन भित्रै कर्जा प्रवाह गरिने व्यवस्था गरिएको छ । यसले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई प्रतिस्पर्धी ब्याजदर, न्यून प्रोसेसिङ शुल्क तथा सरल, सहज र शीघ्र कर्जा प्रवाहको सुविधा प्रदान गर्ने बैंकको विश्वास छ । सिमित समयका लागि मात्र लागू रहने यस विशेष सुविधा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका देशभरका शाखाहरुबाट लिन सकिनेछ ।
प्रकाशित मिति : August 25, 2026 at 4:33 pm


