९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026

नबिल बैंकको डेपुटी सीईओमा गणेशप्रसाद अवस्थी

९ भदाै, काठमाडाैं । नबिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) को जिम्मेवारी गणेशप्रसाद अवस्थीलाई दिइएको छ । सोमबार बसेको बैंकको सञ्चालक समिति बैठकले अवस्थीलाई नायब सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

बैंकिङ क्षेत्रमा साढे २ दशक भन्दा भन्दा बढीको अनुभव भएका अवस्थी यसअघि बैंकको नायब महाप्रबन्धक (डीजीएम) रहेका थिए । उनी ६ वर्षअघि ग्लोबल आईएमई बैंकबाट सहायक महाप्रबन्धकका रुपमा नबिल प्रवेश गरेका थिए ।

dainiki.com

बैंकिङ क्षेत्रमा विशेषगरी अपरेसन, जोखिम व्यवस्थापन र कर्जा व्यवस्थापनमा उनको अनुभव रहेको छ। व्यवस्थापन तथा अर्थशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका अवस्थीले हार्वर्ड बिजनेस स्कुलबाट रणनीति विषयसम्बन्धी कोर्ससमेत पूरा गरेका छन्।

प्रकाशित मिति : August 25, 2026 at 10:42 am