८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा एसएमई कर्जा योजना सार्वजनिक, आकर्षक ब्याजदरमा पाइने

८ भदाै, काठमाडाैं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले व्यवसायी तथा उद्यमीलाई लक्षित गर्दै ५.७५ प्रतिशत ब्याजदरमा साना तथा मझौला (एसएमई) कर्जा योजना सार्वजनिक गरेको छ। बैंकका अनुसार नयाँ योजनाअन्तर्गत ग्राहकले वार्षिक ५.७५ प्रतिशत ब्याजदरमा एसएमई कर्जा प्राप्त गर्न सक्नेछन्। उक्त ब्याजदर एक वर्षसम्म स्थिर रहने बैंकले जनाएको छ।

‘मेहेनती हातलाई हाम्रो साथ’ भन्ने मूल नाराका साथ सञ्चालनमा रहेको एनआईएमबी एसएमई कर्जामार्फत व्यवसायको प्रकृति, आवश्यकता, क्षमता तथा कर्जाको सदुपयोगिताका आधारमा उपयुक्त कर्जा सुविधा उपलब्ध गराउने बैंकको लक्ष्य छ।

यस योजनाबाट व्यवसायी तथा उद्यमीले व्यवसाय विस्तार, चालु पुँजी व्यवस्थापन, नयाँ लगानी लगायत व्यवसायका विभिन्न आवश्यकताका लागि कर्जा उपयोग गर्न सक्नेछन्। बैंकले देशभर रहेका २५१ शाखामार्फत एसएमई कर्जासम्बन्धी सेवा तथा जानकारी उपलब्ध गराउँदै आएको जनाएको छ। मेहनती उद्यमी तथा व्यवसायीसँग वित्तीय सहकार्य गर्दै उनीहरूको व्यवसायिक विकास र समृद्धिमा योगदान पुर्याउने विश्वास बैंकले व्यक्त गरेको छ।

प्रकाशित मिति : August 24, 2026 at 3:47 pm