१९ आश्विन २०८३, सोमबार | Tue Oct 6 2026

एडिलेडमा कृष्ण जन्माष्टमीको भव्य तयारी

एडिलेड । नेपाली भजन कीर्तन समुह एडिलेडको आयोजनामा सेप्टेम्बर ४ शुक्रबार कृष्ण जन्माष्टमीको उपलक्ष्यमा भजन कीर्तन सहितको पुजा आराधना हुने भएको छ ।

समुहका अध्यक्ष डा दया पराजुलीका अनुसार स्थानिय कोसग्रोभ हल क्लोभेली पार्क कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रम  दिनको २ बजेबाट पुजा शुरु हुने छ भने साँझ  भजन किर्तन हुनेछ ।

समुहका उपाध्यक्ष शिव काफ्लेले एडिलेडमा २०१८बाट श्रीकृष्ण जन्माष्टमी र शिवरात्रिमा भजन कीर्तन सहित पुजा कार्यक्रम गर्दै आएको र यस बर्ष समेत कार्यक्रम भव्य रुपमा आयोजना गर्न  कविता पराजुलीको संयोजक रहेर कार्यक्रम व्यवस्थापन समिति गठन गरेको बताउनु भयो  ।

कार्यक्रम संयोजक पराजुलीले विगत देखि नै भव्य रुपमा कार्यक्रम हुने भएकाले सहभागी संख्या  उल्लेखनीय रहने अपेक्षा गरिएको र सोहि अनुसार तयारी थालिएको बताउनु भयो  । उहाले प्रसाद तयारी सहित कार्यहरुका लागि स्वयंसेवा गर्न ईच्छुकहरुले सम्पर्क गर्न समेत अनुरोध गर्नु भएको छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको मानिन्छ । र सोहि तिथिलाई श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।

कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । कंशले जेलनेल सहित बन्दी बनाएको अवस्थामा देवकीबाट श्रीकृष्णको जन्म भएको थियो ।

समुहका अध्यक्ष डा. पराजुलीले एडिलेडमा पर्व मनाउनुको महत्त्व दर्शाउदै, श्री कृष्ण जन्माष्टमी केवल एउटा पूजा वा धार्मिक कार्यक्रम मात्र नभएर वर्तमान पुस्तालाई इतिहाससँग जोड्ने एउटा सुन्दर सेतु  भएको बताउनुभयो।

उहाँले कार्यक्रमले नेपाली धर्म र संस्कृतिलाई पुस्तौँसम्म जोगाउन, नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानसँग जोड्न, नेपाली समुदायबीच आत्मीयता बढाउन र एकअर्काप्रतिको माया, सद्भाव र एकता बलियो बनाउन ठूलो भूमिका खेल्छ विश्वास व्यक्त गर्नु भयो ।

प्रकाशित मिति : August 24, 2026 at 1:53 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/