आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
७ भदौ, काठमाडौं। स्थानीय बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आज छापावाल सुन प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँ कायम भएको छ। शुक्रबार सुन प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य भने आज प्रतितोला १० रुपैयाँले घटेको छ। शुक्रबार प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९ सय ७५ रुपैयाँमा झरेको छ।
प्रकाशित मिति : August 23, 2026 at 11:01 am


